कृषि विकास बैंकले प्रस्ताव गर्यो बोनस, कति पुग्छ पूँजी ?

कृषि विकास बैंकले प्रस्ताव गर्यो बोनस, कति पुग्छ पूँजी ?

Jan 02, 2018Merolagani 


कृषि विकास बैंक (ADBL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको ६७३ औं बैठकले साधारण सेयरकाे २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

साथै बैंकले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश र कृषि विकास बैंकमा रहेकाे सरकारको अग्राधिकार पूँजी ५ अर्ब ४३ करोड २७ लाख रूपैयाँको ६ प्रतिशत बराबरको तीन करोड २५ लाख ९६ हजार रुपैयाँ नगद लाभांश समेत सरकारलार्इ प्रदान गर्ने निर्णय गरेको छ । 
हाल बैंकको साधारण सेयर ७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

Comments