कालिका माईक्रोको नाफामा कसरी आयो ५३ प्रतिशतको संकुचन ?

कालिका माईक्रोको नाफामा कसरी आयो ५३ प्रतिशतको संकुचन ?

Jan 23, 2018Merolagani 

अघिल्लो आर्थिक बर्षमा ६० प्रतिशत बोनस वितरण गरेर ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेको कालिका माईक्रो केडिट डेभलपमेन्ट बैंक (KMCDB) को चालू आवको दोस्रो त्रैमासमा खुद नाफा ७४ लाख रुपैयाँले घटेको छ ।
गत आर्थिक बर्षको यस अवधिमा एक करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ५३ प्रतिशतले घटेर अहिले ६५ लाख ४१ हजार रुपैयाँमा झरेको छ । साथै लघुवित्तको निक्षेप संकलन गत बर्षको यसै अवधिको तुलनामा १६ करोड ८८ लाख रुपैयाँ र कर्जा लगानी ४७ करोड २८ लाख रुपैयाँले बढेको छ । 
तीन गुणा बढी व्याज खर्च बढेपनि कम्पनीले तीन करोड ३८ लाखबाट खुद व्याज आम्दानी चार करोड १३ लाखमा बढाएको छ । कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा अाएकाे वृद्धि र खराब कर्जा अनुपात बढेर २.२३ प्रतिशतमा उक्लिएपछि गर्नुपरेकाे ९४ लाख रुपैयाँ संम्भावित कर्जा नोक्सानी व्यवस्थाले खुद नाफा घट्न प्रतक्ष्य असर परेको छ । यस अवधिमा कम्पनीले २३ लाख ७७ हजार राइट व्याक गरेको छ ।
लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८६ पैसा, प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०८.५८ गुणा बढी रहेको छ । कम्पनीको पूँजी कोष २४ प्रतिशतबाट आधा घटेर १३.२५ प्रतिशतमा सीमित भएको छ ।

Comments