- Get link
- X
- Other Apps
मेगा बैंकको प्रगति सुस्त,दोस्रो त्रैमासको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३४ पैसा
Jan 24, 2018merolagani
टुरजिम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको मेगा बैंक (MEGA) ले एक्लै आठ अर्ब चुक्ता पूँजी पुर्याउने अवस्था रहेपनि पूँजी वृद्धिको अनुपातमा आम्दानी नबढाउदा प्रतिसेयर आम्दानी निक्कै खस्किएको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार ८६ प्रतिशतले पूँजी बढ्दा बैंकको खुद कमाई ६ प्रतिशतले मात्र बढेको छ ।

मेगा बैंकले चालु आर्थिक वर्षको पुष मसान्तमा ३९ करोड ३६ लाख ४९ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३७ करोड ९ लाख ९ हजार रुपैंया खुद नाफा कमाएको थियो । बैंकको खुद नाफा गतबर्षको यसै अवधिको तुलनामा ६.१३ प्रतिशत बढी हो ।
बैंकको खुद ब्याज आम्दानी, संचालन मुनाफा तथा खराब कर्जा असुलीमा सुधार आएपछि नाफामा सामान्य बढोत्तरी देखिएको हो । बैंकको ब्याज खर्च, कर्मचारी खर्च तथा जोखिम वापतको व्यवस्थापन खर्च समेत बढ्न गएको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी चार अर्ब एक करोड रुपैंयाबाट बढेर सात अर्ब ३७ करोड पुगेको छ । यसअवधिमा बैंकले चुक्तापूँजी ८३.८६ प्रतिशतले बढाएको छ । बैंकले ६५ प्रतिशत हकप्रद बिक्री गरेर पूँजी बढाएको हो । साथै बैंकले ९.४५ प्रतिशत बोनस सेयर समेत प्रस्ताव गरेको छ । बोनसपछि बैंकको पूँजी आठ अर्ब नाघ्नेछ । यसरी पूँजी बढ्दा कमाई घटेका कारण बैंकको प्रगति सुस्त बनेको हो ।
बैंकको दोस्रो त्रैमासिम अवधिको प्रतिसेयर आम्दानी ५.३४ रुपैयाँ छ । यसलाई बार्षिकिकरण गर्दा प्रतिसेयर आम्दानी १० रुपैंया ६४ पैसा हुन आउँछ ।बैंकको प्रतिसेयर नेटवर्थ १२२ रुपैंया ७३ पैसा, मूल्य आम्दानी अनुपात ४३.०३ गुणा तथा तरलता अनुपात २५.६५ रुपैयाँ छ ।
बैंकको खराबकर्जा भने एक प्रतिशत तल ०.९६ प्रतिशत छ । तर यो गतबर्षको भन्दा धेरै हो । जसले गर्दा उसको प्रोभिजन रकम १३ करोडबाट २० करोड पुगेको छ । यसअवधिमा बैंकले ११ करोड रुपैयाँ खराब कर्जा असुल गरेको छ ।
बैंकले यसअवधिमा ४५ अर्ब ५७ करोड निक्षेप संकलन गर्दा ४० अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ । जसको सिसिडी ७९.३७ प्रतिशत छ । बैंकले यो अवस्थामा थप कर्जा विस्तार गर्न मुस्किल छ । उसलाई निक्षेप बढाउनु पर्ने बाध्यता देखिएको छ ।
गतबर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको कोषको लागत नै ४.४७ प्रतिशतबाट बढेर ७.५८ प्रतिशत पुगेको छ । जसको आधार दर नै १०.९६ प्रतिशत छ ।
टुरिजम विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको बैंक टुरिजमको सहयोगमा केही आश लाग्दो बन्ला कि भन्ने अपेक्षा गर्न सकिन्छ ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment