ज्योति विकास बैंक र ग्रीन डेभलपमेन्टको सेयरमूल्य समायोजन

ज्योति विकास बैंक र ग्रीन डेभलपमेन्टको सेयरमूल्य समायोजन

Jan 01, 2018Merolagani 


ज्योति विकास बैंक (JBBL) र  ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) को सेयरमूल्य सोमबार समायोजन भएको छ । ज्योतिको १० प्रतिशत बोनस तथा ग्रीनको चार सय प्रतिशत हकप्रदपछि मूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले ज्योति विकास बैंकको १० प्रतिशत बोनसपछि समायोजित सेयरमूल्य १६२ रुपैयाँ निर्धारण गरेको छ । बैंकको १८० दिनको सेयर कारोबार मूल्यको आधारमा औसत आधारमूल्य १९७ रुपैयाँ कायम भएको छ ।
ज्योति विकासको साधारण सभा पौष ३० गते,१० प्रतिशत बोनस दिने
त्यसैगरि ग्रीन डेभलपमेन्ट बैंकको ४०० प्रतिशत हकप्रदपछि १९३ रुपैयाँ मूल्य कायम भएको छ । बैंकको १८० दिनको सेयर कारोबार मूल्यको आधारमा औसत आधारमूल्य भने १४७ रुपैयाँ निर्धारण भएको नेप्सेले जनाएको छ ।
दुबै विकास बैंकको समायोजित मूल्यलाई आधार मानेर सेयर कारोबार खुलेको छ ।

Comments