- Get link
- X
- Other Apps
आशा लघुवित्तले तीन करोडको आईपीओ जारी गर्ने,बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
Jan 01, 2018merolagani
आशा लघुवित्त वित्तीय संस्था (ALBSL) ले तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढााएको छ । जसका लागि संस्थाले सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्बन्धी सम्झौतामा आशा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका तर्फबाट महा(प्रबन्धक सुजिन शाक्यले हस्ताक्षर गरेका छन् ।
नुवाकोटको मदनपुरमा केन्द्रिय कार्यालय रहेको कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
आइपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ ।
संस्थाको गत मंसिर २३ गते सम्पन्न पहिलो साधारणसभाले शेयर निष्काशनको निर्णय गरेको थियो।
राष्ट्रिय स्तरको यो लघुवित्त संस्थाको जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । संस्थापक ७० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आयआर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुयाउँदैआएको छ ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment